चौपारीमा खसि कप खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुने

हापुरे, २८ असोज ।
दाङको बबई गाउँपालिका ६ चौपारीमा खसि कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित आजदेखी एकता संस्कृति संरक्षण मञ्चको आयोजनामा खसि कप खुल्ला फुटबल प्रतियोगिता हुन लागेको कार्यक्रमका संयोजक मनोज चौधरीले जानकारी दिनुभयो ।

फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले ३५ केजीको खसी संगै प्रमाणपत्र प्राप्त गर्नेछन्, त्यस्तै द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई पनि नगत र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले बताएको छ। फिफाको नियम अनुसार खेलाईने खेलमा नाम दर्ताका लागी ३ हजार ५ सय तोकिएको छ।