खेल अनुशासनका साथै आफू स्थापितका हुनका लागि हो : नगर प्रमुख खड्का

तुलसीपुर, १८ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ मा वडाध्यक्ष कप भलिबल तथा घैटाफोड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन एक समारोहकाबीच नगरप्रमुख टिकाराम खड्काले गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले खेल स्वास्थ्य र राष्ट्रका लागि मात्र नभइ पहिचानकालागि समेत भएको बताउनुभयो । उहाँले अनुशासनका साथै आफू स्थापित हुनका लागि खेल आवश्यक रहेको बताउनुभयो । नगरप्रमुख खड्काले सबै खेलका विधामा खेलाडीलाई प्रोत्साहन गर्न उपमहानगर तयार रहेको बताउनुभयो ।


प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ र नगरस्तरीय युवा सञ्जालको संयुक्त आयोजना तथा स्थानीय युवा परिषदको सहकार्यमा सुरू गरिएको हो ।

प्रतियोगिततमा ९ टीमको सहभागिता छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भीमबहादुर योगीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नगरस्तरीय युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले गर्नुभएको थियो ।