तेस्रो सिटि कप खुला पालिका स्तरिय पुरुष भलिबल सुरु

लक्ष्मण बस्नेत
दाङ, २७ असोज ।
दाङको शान्तिनगरमा आज देखि तेस्रो सिटि कप खुला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८० सुरु भएको छ ।
सिटि युथ क्लब शान्तिनगर ६ र ७ को आयोजनामा श्री शिव शक्ति माबी धनौरीको खेल मैदानमा संचालित प्रतियोगिताको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले खेलकुद स्वस्थ मावन जिवनको अभिन्न अंग भएको बताउनु भएको छ ।

‘मानव शरिरको सर्वाङ्गिन विकास,स्वस्थ जिवन र सिङ्गो राष्ट्रको पहिचान खेलकुद हो यसर्थ यो जिवनकै अभिन्न अङ्ग हो’ अध्यक्ष बस्नेतले भन्नुभयो । हामी गाँउपालिकाको निति तथा कार्यक्रममा खेलकुदलाई शिक्षा जत्तिकै महत्वका साथ स्थान दिदैछौ,अब गाँउपालिकामा खेलकुद रंगशाला बनाउने र गाउँपालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय पहिलो प्राथमिकतामा परेको उहाँले बताउनु भयो ।

साथै अनुशासनको उच्च पालना गरेर खेल खेलकौशल प्रदर्शन गर्न खेलाडिलाई आग्रह गर्नुभयो । क्लबका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी द्वय शान्तिनगर गाउँपालिका वडा नं. ६ का अध्यक्ष सेर बहादुर भण्डारी,वडा नं. ७ का तारा बहादुर वलि,लुम्बिनी प्रदेश रग्बी संघका अध्यक्ष नवीन थापा, शिवशक्तिशक्ति माबी धनौरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राज शर्मा लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । क्लबका कोषाध्यक्ष सम्राट भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन क्लबका सचिब खोप बहादुर बुढाथोकीले गर्नु भएको थियो ।


तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिका स्तरका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी जित्ने टिमले नगद ८५ हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितिय र तृतिय स्थान हासिल गर्ने टिमले क्रमशः ५० र २५ हजार नगद,कप, मेडल प्रमाणपत्र हात पार्नेछन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट हुने खेलाडीलाई नगद १ हजार ५, अन्य बिधामा नगद ५ सयका साथमा ट्रफी प्रदान गरिने आयोजकले जानकारी प्रतियोगिता संचालन समितिका संयोजक आनन्द बुढाथोकीले जानकारी दिनु भएको छ ।