
दंगीशरण, १६ माघ ।
दंगीशरण गाउँपालिकामा ७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र नमुना माध्यमिक विद्यालाय हेकुलिको ब्यबस्थापनमा आयोजित ७ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अथिति निवर्तमान सिचाईमन्त्री तथा प्रतिनिधिसभा दाङ क्षेत्र नं. ३ का संघीय सांसद दिपक गिरीले सबै कार्यको सफलताका लागि प्रमुख तत्व शिक्षा रहेकाले गुणस्तरीय शिक्षाका लागि सवै लाग्नुपर्ने बताए ।
खेलकुदले बालबालिकाको स्वास्थ्य र समग्र विकासमा सहयोग पुर्याउने भएकाले खेलकुदलाई अनुशासन र लगनशीलताका साथ अगाडि लैजानुपर्ने बतएकाथिए । अर्को प्रसङ्गमा प्रमुख अथिती गिरीले खेलकुदको माध्यमबाट देशलाई विश्वसामु चिनाउने गतिलो माध्यम भएकाले खेलकुदको विकासका लागि आफु सदैब सकारात्मक रहेको बताए ।
उद्घाटन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुहरु निर्वाचित भएर आए पस्चात सबैको सम्मानका लागि कार्यक्रमहरु गर्दै आएको बताए ।भौतिक पुर्वाधार र मानविय विकासलाई सङ्गै अगाडी लगेको बताए । अध्यक्ष गिरीले खेलकुदको विकास र युवाहरुको ब्यक्तीत्व विकास र शारिरीक मानसिक विकासका लागि खेलकुद महत्त्वपुर्ण रहेको बताए ।



रनिङ शिल्ड उद्घाटन कार्यक्रममा बालरोग विशेषज्ञ डा.किशोर खत्री, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपाली, गाउँपालिका उपाध्यक्ष पिमा वली खड्का लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
बुधबार सहिद दिवसको अवसरपारी आयोजित रनिङ सिल्ड प्रतियोगीता १८ गतेसम्म चल्ने शिक्षा युवा तथा खेलकुद साखा दंगीशरणका प्रमुख बिनोद अधिकारीले बताएका छन् ।
दंगीशरणका संस्थागत र सामुदायिक गरी ९ वटा विद्यालय रनिङ शिल्डमा सहभागी भएका छन् । बिरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलिका शिक्षक मनोज के.सी.को स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण बिरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलिका शिक्षक दिनेश रेग्मीले गरेका थिए ।
लाइभदाङ । १६ माघ २०८१, बुधबार २०:४८ बजे