सल्यानमा कुटपिटबाट एक किशोरको मृत्यु

तुलसीपुर, ८ कार्तिक ।
सल्यानमा दुईजना युवाले कुटपिट गर्दा एक किशोरको मृत्यु भएको छ ।जिल्लाको बागचौर नगरपालिका ७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओलीलाई छिमेकी गाउँका दुईजना युवाले कुटपिट गर्दा मृत्यु भएको हो ।


छिमेकी गाउँ स्याला भन्ने ठाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेका थिए । कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा आज भारतको लखनउमा मृत्यु भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको र केशर ओली फरार रहेको इप्रका थारमारेले जनाएको छ ।