तुलसीपुर, २५ असोज ।
नेकपा माओवादी केन्द्र तुलसीपुर ९ ले स्थानीय लालविर खड्काको घर निर्माणकालागि श्रमदान गरेको छ ।
जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत सोही वडाका खड्काको जीणर् घर भएकाले मर्मतकालागि श्रमदान गरेको पार्टीका वडाध्यक्ष मदन हमालले बताए ।
आर्थिक अबस्था कम्जोर भएको र घर जीणर् भएकाले सोही घरलाई नेता तथा कार्यकर्ताले विहीबार श्रमदान गरेका हुन् । वडाध्यक्ष हमालसहित अभियान संयोजक सीता वली, नेता केशव वली, वडाका सहइन्चार्ज दुर्गा शर्मालगायतको सहभागिता रहेको थियो ।
लाइभदाङ । २५ आश्विन २०८०, बिहीबार १०:१९ बजे