तुलसीपुरमा दिदानुदिन अपराध बढ्नुमा यहाँका नेतृत्वकर्ताकै बढि हात हुन्छ । नतृत्वले जे सिकायो, कार्यकर्ताले त्यस्तै गर्छन् । समाजका अगुवाले जे सिकायो समाजले त्यस्तै सिक्छ । तुलसीपुरमा यसरी अपराध बढ्नुमा अगुवाहरु नै जिम्मेवार छन् । सभ्य समाज निर्माण गर्ने भनेको त्यहाँको नेतृत्वले हो । यहाँ नेतृत्व नै आफै पनि पटक–पटक अराजक गतिविधिमा सामेल भएका इतिहास नै छन् ।
तुलसीपुरमा अनावश्यक खिचातानी बढि छ । हरेक चिजमा राजनीती, एकले अर्कालाई स्वीकार गर्न नसक्ने प्रबृति हावी छ । खिसिट्यूरी प्रबृति समाजको सबै भन्दा बढि घातक प्रबृति हो । स्वस्थ प्रतिस्पर्धा कही पनि छैन । जसरी हुन्छ, प्रतिस्पर्धीलाई सिध्याने प्रबृति छ । त्यति मात्रै होईन्, आफ्नै नजिकका मान्छेले केही राम्रो काम ग¥यो भने त्यसलाई कसरी हुन्छ, सिध्याउने भन्ने मै बढि केन्द्रित हुन्छ । यो एउटा प्रबृति हो । यही प्रबृतिकै उपज नै तल्लो स्तरबाट हुने अपराधिक गतिविधि हुन् ।
समाजमा नकारात्मकता बृद्धि हुने भनेको उनीहरुको चेतनास्तरबाट नै हो । चेतना समाज र परिवेशबाट उत्पन्न हुने कुरा हो । जस्तो समाजमा मानिसको बसोबास हुन्छ्, त्यसको चेतनास्तर पनि त्यस्तै हुन्छ । जस्तै ग्रामिण क्षेत्रमा बसोबास गरेका मानिसको चेतनास्तर र शहरी क्षेत्रमा बसोबास गरेका मानिसको चेतनास्तर फरक हुन्छ । अहिले तुलसीपुरमा जस्तो समाज छ, त्यस्तै गतिविधि भइरहेका छन् । त्यसैले अहिलेको तुलसीपुरको लडाई भनेको सभ्य समाज निर्माण गर्ने कुरा नै हो । मानिसको चेतनास्तर बृद्धि गर्ने कुरा नै यहाँको प्रमुख कुरा हो । त्यसकालागि यहाँका अगुवाहरु पहिले आफू सुधार हुने र समाजलाई सभ्य मार्गमा लैजाने तर्फ ध्यान दिनुपर्छ । अनि मात्रै तुलसीपुरमा अहिलेजस्ता गतिविधि न्यून हुन्छन् र, सभ्य, भयरहित तुलसीपुर निर्माण हुन्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २२ आश्विन २०८०, सोमबार १४:२० बजे