महोत्सवः कृषि र पर्यटनको नाममा भजाइखाने भाँडो

हरेक ठाउँमा महोत्सव सञ्चालन भइरहेका छन्, भने केही स्थानमा महोत्सव सकिए पनि । ति सबै महात्सवको एउटै नारा हुन्छ, कृषि र पर्यटनको विस्तार । यद्यपी महोत्सवमा सबै जसो स्टलहरु भारतीय ब्यापारिहरुले नै ओगटेका हुन्छन् । कृषिका स्टलहरु खाली हुन्छन् । चेम्बर अफ कमर्शले तुलसीपुरमा लगाएको महोत्सवको हालत पनि त्यस्तै थियो । नारा पर्यटन र कृषि कै थियो । तर, त्यहाँ कुनै स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न भूमिका नै खेल्यो, न त पर्यटन प्रबद्र्धनलाई नै टेवा पु¥यायो । पु¥यायो त सीर्फ भारतीय ब्यापारिहरुलाई, ठेकेदार र आयोजकलाई ।

कुनै पनि संस्था होस्, वा ब्यक्तीको राम्रो आम्दानीको स्रोत बन्ने गरेको छ । त्यसमा पनि महोत्सवमा हुने अवैद्य जुवा, अवैद्य गतिविधि त्यस्तै हुन्छन् । विंगोजस्ता जुवा खुलेयाम खेलाईन्छ । यसमा स्थानीय प्रशासन पनि मुकदर्शक नै बनिरहेको हुन्छ । पवित्र नाम दिएर, अपबित्र काम गर्ने थलो नै महोत्सवहरु बन्ने गरेका छन् ।  महोत्सव लगाउन देखिने अस्वस्थ प्रतिस्पर्धाले पनि त्यो कुरा प्रष्ट हुन्छ । आफूले लगाउँदा ठीक, तर अरुले लगाउँदा बेठीक भन्ने जुन प्रचलन र त्यसका नाममा विरोध भइरहेका छन्, त्यसले पनि महोत्सव लगाउन किन हानथाप हुन्छ, भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।


मेला महोत्सवहरुले स्थानीय ब्यापारिहरु मारमा परिरहेका हुन्छन् । एक पटक महोत्सव लगाउँदा  कम्तिमा ६ महिनासम्म ब्यापार, व्यवसायलाई असर गरिरहेको हुन्छ । तुलसीपुरमा झन १७ दिनसम्म महोत्सव चल्यो । त्यसलाई बढाएर २० दिन बनाउन खोजिदैथियो । त्यसमा तुलसीपुर उपमहानगरपालिकाले साथ दिएको थियो । तर, त्यसमा जिल्ला प्रशासन कार्यालय दाङले डन्डा वर्षाएपछि मात्रै रोक्न बाध्य बनायो । यस अघि १० दिनसम्म महोत्सव चल्थे । तर, लामो समय बनाएर भारतीय ब्यापारिहरुलाई फाईदा हुने गरि गर्ने महोत्सवले स्थानीय स्तरमा कुनै पनि फाईदा गर्दैन । महोत्सव ब्यापारिक त हुनुपर्छ, तर, चरम ब्यापारिक भएमा विग्रिन्छ । अहिले भइरहेको त्यही हो । चरम ब्यापारिक हुँदा स्थानीय ब्यापारिहरु खुम्चिने र बाह्य ब्यापारिहरु ‘मोटाउने’ अवस्था हुन्छ । स्थानीय महोत्सवहरु सञ्चालन गर्दा यो कुरामा ध्यान दिनुपर्छ । साभारः अग्रिम साप्ताहिक