तुलसीपुर ५ का ५ वटा टोलमा माओवादी केन्द्रका कमिटि गठन

तुलसीपुर,१९ असोज । नेकपा माओवादी केन्द्र तुलसीपुर ५ का ५ वटा टोलमा कमिटि गठन गरिएको छ ।

पार्टीका वडाध्यक्ष वेदप्रसाद वलीका अनुसार पिपलबोट टोल समिति अध्यक्षमा अलबहादुर बाँठा, प्रगतिशिल टोल समिति अध्यक्षमा रनबिर केसी,बुद नगर टोलसमिति अध्यक्षमा बिमला बिक, स्वर्गद्वारी टोलसमिति अध्यक्ष गिता भन्डारी र हिमाल टोलसमिति अध्यक्ष बिस्नु गौतमलाई चयन गरिएको छ ।


अभियान संयोजक तथा पार्टीका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष कुवेर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भई कमिटि गठन गरिएको हो ।

त्यस अवसरमा पार्टीका नगर इञ्चार्ज प्रेमराज वली (प्रभात), मिनराज भन्डारी,लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण पार्टीका वडाध्यक्ष वेदप्रसाद वलीले गरेका थिए ।