तीन दिनदेखि बेपत्ता भएका चौधरीको शव फेला

दाङ, १५ असोज ।
दाङमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका एक युवकको शव तीन दिनपछि फेला परेको छ । गत शुक्रबार दिउँसो २ बजेतिर राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका एक युवकको शव मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङका गणपति गोपाल श्रेष्ठले जानकारी दिए ।


इलाका प्रहरी कार्यालय, भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराति करिब २ तिरगढवा गाउँपालिका-१, जेठानगाउँको राप्ती नदीघाटमा राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया निवासी ३७ वर्षीय रामचरण चौधरीको शव फेला परेको प्रहरीले बताएको छ । नदीमा जालले माछा मार्ने क्रममा चौधरी बगेर बेपत्ता भएका थिए ।