अमृतपुर खानेपानी उपभोक्ता द्वारा ३ करोड लगानीमा पानी प्रसोधन केन्द्रकाे शिलान्यास

दाङ, १० असोज ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ९ स्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३ करोड लगानीमा पानी प्रसोधन केन्द्र (टिटमेन्ट प्लान्ट) निर्माण कार्य शुरू गरेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बाँकेको ३ करोड ४१ लाख ८७ हजार ५ सय ८१ रुपैयाँ लागतमा प्रसोधन केन्द्र निर्माण गर्न लागेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष केशव वलीले जानकारी दिए ।

 

 


२०८१ साउन ६ गतेभित्र निर्माण कार्य पुरा गर्नेगरी जलजला मल्टी विजनेश जेभी रोल्पाले सम्झौता गरेको छ। तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले प्रसोधन केन्द्रकाे शिलान्यास गरेका हुन ।

अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष चन्द्रकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण सचिव दशरथ वलीले गरेका थिए ।