तुलसीपुर
४ पुस / नेपाल जेसीज वर्ष २०२२ को लागि राष्ट्रिय उपाध्यक्षमा दाङका नेत्रलाल भट्टराई निर्वाचित भएका छन् ।
नेपाल जेसीजको पोखरामा भएको ४८ औ राष्ट्रिय महाधिबेशनबाट भट्टराई निर्वाचित भएका हुन् । उनले ९ सय ५४ मत ल्याएर विजयी भएको प्रबक्ता पूर्णबहादुर डाँगीले जानकारी दिए ।
१२ जना उपाध्यक्षमा १९ जनाको उम्मेदवारी परेको थियो । भट्टराई २०२१ का तुलसीपुर नगर जेसिजका अध्यक्ष पनि हुन् ।
त्यस्तै दाङका लालमणी भण्डारी राष्ट्रिय अध्यक्षमा निर्बाचित भएका छन् । उनले ३६५ मत प्राप्त गरेका थिए ।
भण्डारी २०२० मा नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, २०१९ मा राष्ट्रिय उपाध्यक्ष , २०१८ मा त्रिभुवननगर जेसीजको अध्यक्ष भएका थिए ।
लाइभदाङ । ४ पुष २०७८, आईतवार १७:१७ बजे