दंगीशरणमा ३ दिने पत्रकारीता, लेखन सिप तालिम

प्रमोद आचार्य,
दंगीशरण, २० चैत  ।
दंगीशरण गाउँपालिकाको आयोजनामा ३ दिने पत्रकारीता, लेखन सिप तालिम आईतबार देखी दंगीशरण गाउँपालिकाको सभाहलमा शुरु भएको छ । दंगीशरण गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार ३ दिने पत्रकारीता तालिम आयोजना गरीएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले राज्यको चौथो अंगको रुपमा परीचित पत्रकार जगतले समाजको यथार्थ चित्रणलाइ बाहिर ल्याउन सक्नु पर्ने बताउनुभयो । यस्तै अध्यक्ष गिरीले पत्रकार निस्पक्ष तथा स्वतन्त्र हुनु पर्ने बताउदै पत्रकारले राम्रोलाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्न सक्ने हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वलि खड्काले पत्रकारीता पेसामा लाग्नु पुर्ब पत्रकारीताको धर्म मर्म र कर्तब्य बुझेर पत्रकारीता पेसामा लाग्न आग्रह गर्नुभयो । पत्रकारले चलाउने कलम समाजमा हुने राम्रा काम र नराम्रा काम सबैको सत्य र तथ्य कुरा उठान गर्दै समाजलाइ सु सुचित गर्ने दिशा तर्फ अग्रसर रहन प्रशिक्षार्थिहरुलाइ आग्रह गर्नुभयो ।


यस्तै उद्घाटन कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले पछिल्लो समय पत्रकार सरकारी निकायको प्रतीपक्ष जस्तो भुमिकामा देखा पर्नु पत्रकारीताको मर्म भित्र नरहेको उल्लेख गर्नुभयो । पत्रकारले चलायको कलमले समाजमा सकारात्मक छाप छोड्न सक्नुपर्ने बताउनुभयो ।

तालिमको आईतबार पहिलो दिन प्रशिक्षकको रुपमा पत्रकार महासं दाङका उपाध्यक्ष सन्तोष सुबेदी रहनुभएको थियो। दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरीको सभापतीत्वमा सम्पन उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य पालिकाका सुचना अधिकारी टेकबहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण पालिकाका प्रेश सयोजक प्रमोद आचार्यले गर्नुभएको थियो ।