महिलास्वास्थ्य स्वयंमसेविकालाई अाँखा स्वास्थ्य शिक्षा

प्युठान,१० असाेज ।
महिला स्वास्थ्य स्वयमसेविहरूलाई अाधारभुत अाँखा स्वास्थ्य तालिम दिएकाे छ ।नेपाल नेत्रज्योति संघ, लमही अाँखा अस्पतालकाे आयोजना तथा एनएविपि नर्वेकाे आर्थिक सहयोगमा झिमरूक गाउँपालिका प्युठानमा एकदिने महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई आधारभुत अाँखा स्वास्थ्य शिक्षा तालिम दिएकाेहाे ।नेपाल नेत्रज्योति संघका केन्द्र सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीकाे अध्यक्षता गाउँ पालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीकाे प्रमुख अातिथ्य तथा उपाध्यक्ष प्रमाेद पाेख्रेलकाे विशिष्टि अातिथ्यमा भएकाे कार्यक्रममा स्वागत सहित विषय बस्तु र अाँखा स्वास्थ्य कार्यक्रमकाे विषयमा प्रमुख प्रशासक सम्शेर थापाले प्रकास पारेका थिए ।कार्यक्रममा बाेल्ने बक्ताहरूले अन्धाेपनकाे समस्या विभिन्न कारणले बढदै गएकाे भन्दै अाँखा जस्तो सम्वेदन सिल कुरामा हेलचकर्याई गर्न नहुने बताएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ केन्द्रि सदस्य कृष्णकुमार गिरीले अन्धाेपन न्यूनिकरण गर्न संघ लागेकेा भन्दै संघद्वारा सञ्चालित अस्पतालहरूले देशकाे ९० प्रतिसत जन्तालाई सर्वसुलभ सेवा दिएकाे बताए । उनले हुने संग केही रकम लियर नहुनेलाई अाँखा स्वास्थ्य सेवा दिने गरेकाे बताए । त्यस्तै गाउँपालिका अध्यक्ष महतराले गाउँ पालिकामा रहेकाे अन्धाेपन न्यूनिकरण गर्न अाफुहरू लागेकाे बताए । उनले अन्धाेपन न्यूनिकरण गर्ने दायित्व अाफुहरूकाे रहेकाे भन्दै सहकार्य गरि अगाडि बढने प्रतिवद्वता जनाए ।त्यस्तै उपाध्यक्ष पाेख्रेलले अाँखा जस्तो सम्वेदन शिल अंगकाे उपचार तथा अाँखाकाे सेवालाई जनतामाझ पुर्याउन अाफुहरू लागेकेा बताए । उनले विभिन्न समयमा अाँखा शिविर तथा अाँखा अस्पतालसंगकाे साझेदारी गरि अगाडि बढेकाे बताए ।सचिव घनश्याम सुवेदी, स्वास्थ्य संयाेजक विकास केसीलगायतले बाेलेका थिए । ।तालिमकाे प्रशिक्षकमा दृष्टि विशेषज्ञ मदन चाैधरीरहेका थिए ।