हात्तिखौवाको खोल्सामा बेवारिसे मोटरसाइकल फेला

तुलसीपुर, ३ असोज । घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुरको हात्तिखौवा नजिकै खोल्सामा बुलेट मोटरसाईकल वेवारिसे अवस्थामा फेला परेको छ । रा ८ प १७२१ नम्बरको खैरो रंगको मोटरसाईकल मंगलबार विहान फेला परेको हो ।

सोमबार राति कसैले उक्त मोटरर्साकल त्यहाँ फालेको हुन सक्ने अनुमान गरिएको छ । मोटरसाईकल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गौरीगाउँका एक युवको रहेको इलाका प्रहरी कार्यालय तुलसीपरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।


मोटरसाईल खोल्सामा छोडिएको विषयमा भने कारण खुल्न सकेको छैन । मोटरसाइकलको चावी पनि नभएकाले सम्बन्धित व्यक्तिले चलाएको समयमा दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।