संस्कृत विश्व विद्यालयमा प्रश्नपत्र बाहिरीएको घटना प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

दाङ,३० भदौ  । नेपाल संस्कृत विश्व विद्यालयको  प्रश्न पत्र बाहिरीएको घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गम्भिर ध्यानाकर्षण भएको छ । विश्व विद्यालय जस्तो शैक्षिक संस्थामा परीक्षा हुनु पूर्व प्रश्न पत्र बाहिरी  विश्व विद्यालयको कमजोरी भएको उल्लेख गर्नुभयो । रिक्त पदमा विश्व विद्यालयले २०७८ मा खोलेको केही विज्ञापनको परीक्षा नहुदै  प्रश्नपत्र बाहिरीको बिषय विश्व बिद्यालयका पदाधिकारीको गम्भिर त्रुटी रहेको उल्लेख गर्नुभयो । विश्व विद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री दाहालले पटक /पटक विश्व विद्यालयमा हुने यस्ता कार्यले विश्व बिद्यालयको गरिमा माथी नै आँच पु¥र्याउँने गतिविधी भईरहेको धारणा व्यक्ति गर्नुभयो । विश्व बिद्यालयका बिषयमा विभिन्न बिद्यार्थी संघ,संगठन संगको छलफलमा दाहालले यो बिषयमा छानविन समितिको प्रतिबेदन आएपछि थप छलफल हुने बताउँनुभयो । प्रश्न पत्र बाहिरीएको घटना अध्ययन गर्न विश्व बिद्यालयले रमेश ढकालको संयोजकत्वमा ३ सदस्य छानविन समिति बनाएको थियो । समितिको सदस्यमा बिष्णु दाहाल र गंगामणी शर्मा रहनु भएको छ । विश्व बिद्यालयले यस अघी नै प्रश्न पत्र बाहिरी गम्भिर त्रुटी भएको बताउँदै  यसका बिषयमा अध्ययन गर्न छानविन समिति तयार पारेको थियो । तर घटनाको अध्ययन नै नगरी विश्व विद्यालयका पदाधिकारी र सेवा आयोगले परीक्षा गराउँने मनस्थिति बनाएको छ ।