सिंचाइका गर्ने क्रममा करेन्ट लाग्दा केसीको मृत्यु

तुलसीपुर
२ कात्तिक / दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पड्ढा सुनवाका ३२ वर्षिय तिलक केसीको करेन्ट लागेर मृत्यु भएको हो ।

केसीलाई बुधबार दिउँसो ३ बजेतिर खेतमा सिंचाई गर्न मोटर चलाउदा तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको तुलसीपुर १० का वडा अध्यक्ष यमराज केसीले जानकारी दिए ।


शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । भोलि बिहान मात्रै पोष्टमार्टम गरिने अस्पतालले जनाएको छ ।