काठमाडौं
२२ भदौ / नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।
मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्णबैठकले देवकोटालाई राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजकको जिम्मेवारी दिएको हो । उनी यसअघि उपाध्यक्ष थिए ।
त्यस्तै सहसंयोजकको जिम्मेवारी सुवोध सेर्पालीलाई दिएको केन्द्रीय सदस्य पुष्प वलीले जानकारी दिए। यसअघि अध्यक्षमा दुवैजनाको दावी गरेका कारण पदाधिकारीविहीन केन्द्रीय समिति बनाइएको थियो ।
वलीले देवकोटाको संयोजकत्वमा तेस्रो सम्मेलन आयोजक समिति बनाएको र अन्य पधिदाकारी नबनाइएको बताए ।
यसअघिको राष्ट्रिय सम्मेलनबाट २३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरिएको थियो। अब देवकोटा नेतृत्वको यो समितिले वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन गर्नेछ ।
लाइभदाङ । २२ भाद्र २०७८, मंगलवार १५:२२ बजे