घर नक्सा पास गर्ने कन्सलटेन्सीको छानविन गर्दै ‘तुलसीपुर’

तुलसीपुर,१ जेठ ।
दाङ तुलसीपुरमा घर नक्सा पास गर्ने प्रक्रियाकालागि कन्सलटेन्सीहरुले सेवा शूल्क फरक–फरक लिने गरेको गुनासो छ । सोही गुनासोका आधारमा उपमहानगरपालिकाले छानविन गर्ने भएको छ । त्यसकालागि माधव वलीको नेतृत्वमा समिति गठन गरिएको छ ।


जसको सदस्यमा विरेन्द्र शाह, धर्म वली, शंकर खड्का रहेका छन् भने सदस्य सचिबमा श्रीनारायण चौधरी रहेका छन् । साथै उपमहानगरपालिकाको ११ औं कार्यपालिका बैठकले भुकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सा पास नलिनेहरुलाई पानी,विद्युत, टेलिफोनलगायतको सिफारिश समेत नदिने निणर्य गरेको छ ।