विद्यार्थीले गरे खाजा खर्च कटाएर  मानब सेवा आश्रमलाई सहयोग

तुलसीपुर,३ चैत ।
दाङको  तुलसीपुर उपमहानगरपालिका वडा नं. २ बालापुरका  विद्यार्थीहरुले खाजा खर्च  कटाएर मानब सेवा आश्रमलाई सहयोग गरेका छन् ।  कक्षा  ९ मा अध्ययनरत विद्यार्थीहरुले सहयोग गरेका हुन् । विद्यार्थीहरुले भान्साकालागि  चाहिने सामग्री  सहयोग गरेका हुन् । सेवा नै धर्म भएको भन्दै  आफूहरुले आरुलाई पनि यो कार्यप्रति प्रेरित  गर्न  सहयोग  गरेको बताएका छन् । साथै  उनीहरुले आश्रमको  अवलोकन समेत  गरेका  छन् ।


शिक्षक बासुदेव आचार्यले विद्यार्थाहरुलाई नयाँ कुराको अनुभूति गराउन र समाज सेवाको भावनाका साथसाथै विद्यार्थीमा सकरात्मक सोचको विकास  गराउनको लागि आश्रम अवलोकन  गराएको जानकारी दिए । विद्यार्थीहरुले सामाजिक कार्यप्रति सहानुभूति देखाएको आफू खुसी भएको आश्रमका सञ्चालक उर्विन  साप्कोटाले बताए ।