
तुलसीपुर, २८ जेठ । संघीय शहरी विकास मन्त्रालय दाङ क्षेत्र नं.३ कालागि चिस्यानकेन्द्र निर्माण देखि विज्ञान पार्क निर्माणसम्मकालागि बजेट बिनियोजन गरेको छ ।
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा(अपार), प्रतिनिधिसभा सदस्य दीपक गिरीसहित यस क्षेत्रका राजनीतिक दलका नेताहरुको पहलमा उक्त बजेट बिनियोजन भएको छ ।“यो कुनै ब्यक्ती बिशेषले मात्रै होईन्, यस क्षेत्रबाट प्रतिनिधित्वगर्ने दुईजना संघीय सांसद र राजनीतिक दलका नेताको पहलमा बजेट आएको छ”,अपारले भने“सबै राजनीतिक दल र जनप्रतिनिधि एक जुट हुँदा नै बजेटले समेट्ने हो ।”
बजेट आउँदा जस लिने होडबाजी गर्ने भन्दा पनि परेको बजेट कार्यान्वन गर्न तर्फ सबै लाग्नु पर्छ । बजेट आएपनि कार्यान्वयन नहुँने विगतदेखि नै समस्या रहदै आएको भन्दै यसमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।
उनका अनुसार तुलसीपुरमा चिस्यान केन्द्र निर्माणकालागि ३ करोड बजेट परेको छ । त्यस्तै बरुवा गाउँले नहर मर्मत तथा स्तरबृद्धिकालागि ३ करोड, विज्ञान पार्क निर्माणकालागि ५० लाख बजेट छ ।
अन्य सडक,भवन,पुल,पूर्वाधारलगायतकालागि बजेट परेको छ ।
यी हुन्, परेका योजनाहरु :




लाइभदाङ । ३० जेष्ठ २०८२, बिहीबार ०८:५७ बजे