बबईमा झारगजेरी गाउँ नै माओवादीमा प्रवेश

तुलसीपुर, २० भदाै ।
दाङकाे बंबई गाउँपालिका वडा नं. ७ स्थित झारगजेरी गाउँ नै माओवादी केन्द्रमा प्रवेश गरेकाे छ । एमालेबाट त्याे गाउँका सबै प्रवेश गरेका हुन् ।

नब प्रवेशी १५० जनालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्की र केन्द्रीय सदस्य तिलकराम शर्माले स्वागत गरेका हुन् ।



त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङमा अहिलेसम्मकै धेरै बजेट आएकाले पनि जनता माओवादी प्रति आकर्षित भएकाे बताए । आफूहरू विकासकै पक्षमा रहेकाले विकास गर्ने नेतृत्वलाई सहयाेग गर्न आफूहरू प्रवेश गरेकाे बताए ।