घाेराही उपमहानगरपालिकामा रास्वपाद्वारा वडा भेला तथा समिति गठन

दाङ, १६ भदौ
दाङ घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ को वडा भेला तथा समिति गठन कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीले आज सम्पन्न गरेको छ । उक्त भेलाले ११ सदस्य वडा समिति चयन गरेको छ।

वडा नम्बर ३ बाट सभापति दोर्ण बहादुर बुढाथोकी, उपसभापति महेश शर्मा र सचीव मेनका घिमिरे चयन भएका छन् । त्यस्तै वडा नम्बर ४ काे सभापति माया आचार्य, उपसभापति विश्णु प्रसाद पौडेल र सचीव यम रेग्मी चयन भएका छन् ।

 


 

रास्वपा विकास योजना तथा निति तर्जुमा केन्द्रीय बिभागका प्रमुख विशाल अधिकारीकाे प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सभापति देवराज पाठककाे बिशिस्ट अतिथिमा वडा भेला तथा समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।