दंगीशरणका स्वास्थ्य संस्थाहरुमध्ये प्राथामिक स्वास्थ्य केन्द्र श्रीगाउँ कार्यसम्पादनमा उत्कृष्ट

प्रमोद आचार्य
दंगीशरण, १६ भदौ ।
दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दंगीशरण गाउँपालिका अन्तर्गतका स्वास्थ्य सस्थाहरुको पालिका स्तरीय २ दिने वार्षिक समिक्षा गोष्ठि दंगीशरण गाउँपालिकाको शभाहलमा सम्पन्न भएकोछ ।

स्वास्थ्य सस्थाहरुको वार्षिक प्रगती सार्वजनिक गर्दै स्वास्थ्य अवस्थाको वारेमा जानकारी गराउन समिक्षा कार्यक्रमको आयोजना गरीएको स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीले बताउनुभयो ।

समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्बाचित भएपछी गाउँपालिकामा सु शासनको जग बसाल्न लागीपरेको बताउनुभयो ।गाउँपालिका भित्रका हरेक अनियमितता तथा ब्यथितीको अन्त्यका लागी आफु अगाडी बढेको बताउनुभयो । स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा हरेक कर्मचारीले जिम्मेवारीपुर्ण तवरले काम गर्न सुझाव दिनुभयो ।

बार्षिक समिक्षा कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले गाउँपालिकाको स्वास्थ्यका सुचकहरुमा वृद्धि गरी पालिकालाई स्वास्थ्यको सवालमा दाङमै उत्कृष्ट स्थानमा राख्न सक्रियताका साथ आग्रह गर्नुभयो ।


यस्तै कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप अधिकृत किशोर आचार्यले कुनैपनि कार्यक्रमको गरीने समिक्षाले बिशेष अर्थ राख्ने र कुनै पनि कार्यक्रमको समिक्षाले उक्त कार्यक्रमको कमिकमजोरी थाहा हुने तथा पृष्ठपोषण हुने हुदा समिक्षा गर्न अपरीहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद अधिकारीले गुणस्तरीय स्वास्थ्यको सुनिश्चितता अहिलेको प्रमुख आवस्यकता रहेको बताउनुभयो ।कार्यक्रममा वडा नं. ५ का अध्यक्ष निरज बस्नेत,वडा नं. ४ का अध्यक्ष कमल थारु लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

समिक्षा कार्यक्रममा गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुको मुल्यांकन , कार्य सम्पादन तथा ब्यबस्थापकिय पक्षको मुल्यांकन गर्दै कार्यसम्पादन तर्फ प्राथमिक स्वास्थ्य केन्द्र उत्कृष्ट घोषणा गर्दै प्राथमिक स्वास्थ्य केन्द्र बागरका प्रमुख एबम मेडीकल अधिकृत सुगत अधिकारीलाइ प्रमाण पत्र तथा दोसल्ला सहित सम्मान गरीएको छ ।

यस्तै आधारभुत स्वास्थ्य संस्थाहरु तर्फ उत्कृष्ट ब्यबस्थापन गरेबापत आधारभुत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्मालाई प्रमाणपत्र तथा दोसल्ला सहित सम्मान गरीएको हो । २ दिन सम्म चलेको बार्षिक समिक्षा कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा सहायक राधा शर्माले गर्नुभएको थियो ।