दाङमा बाँदर धपाउन गएका सुनारको भिरबाट खसेर मृत्यु

तुलसीपुर,७ भदौ ।
मकै बारीमा पसेका बाँदर धपाउन गएका एक ब्यक्तीको भिरबाट खसेर मृत्यु भएको छ । बुधबार विहान १० बजेतिर दाङको बबई गाउँपालिका वडा नं. ४ निवासी ७९ वर्षीय सुन्दरे सुनारको मृत्यु भएको हो ।


स्थानीय राजीखहरे खोलामा खसेर उनको मृत्यु भएको उनका भाइ गणेशबहादुर सुनारले बताए । सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछी आफन्तको जिम्मा लगाईएको छ । पश्चिम दाङमा बाँदर र बदेलले मकै सखाप बनाउने गरेका छन् ।