एनएमबि बैंक र नेशनल प्याथ ल्याब तुलसीपुरबीच सम्झौता

दाङ, २१ पुष ।
एनएमबि बैंक र नेशनल प्याथ ल्याब तुलसीपुर दाङ बीच एक सम्झौता भएको छ । एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले नेसनल प्याथ ल्याब बाट प्रदान गरिएका सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने भएका छन् । ल्याबका सम्पूर्ण सेवाहरुमा एनएमबि बैंकका कर्मचारी र ग्राहकले १५ देखी ३० प्रतिशतसम्म छुट पाउने बैंकका तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी जानकारी दिए । आफ्ना ग्राहकलाई उपचार तथा विविध चेक जाँच क्रममा राहत होस् भनेर सम्झौता गरिएको उनले बताए ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र नेसनल प्याथ ल्याबको तर्फबाट वीरेन्द्र कुमार आचार्यले हस्ताक्षर गरेका छन् । एनएमबि बैंक तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी र नेसनल प्याथ ल्याब तुल्सीपुरका ईन्चार्ज दिपक कुमार शाह ले हस्ताक्षरित सो सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एक वर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।


सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरुले सुविधा लिइ लाभान्वित हुने तुलसीपुर शाखाका प्रबन्धक रमेश रेग्मीले बताउनु भयो । छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।