बिषालु च्याउ खाँदा आमा छोरीको मृत्यु

दाङ,१ भदौ । दाङमा जंगली च्याउ खाँदा एकै घरमा आमा छोरीको मृत्यु भएको छ ।

साउन २९ गते साँझ बंगलाचुली गाउँपालिका-४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर सोही वडाको मैकुटी निवासी आमा छोरीको मृत्यु भएको हो ।


मृत्यु हुनेमा २७ बर्षीया ईश्वरी सुनार र उनकी ११ बर्षीया छोरी अस्मिता सुनार रहेका छन् । आमा इश्वरीको शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा निधन भएको हो भने छोरी अस्मिताको बुधबार नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार च्याउ खाँदा ईश्वरीका श्रीमान अजय गम्भीर छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ ।