दाङमा विहीबारको तुलनामा घट्यो गर्मी

तुलसीपुर, १८ जेठ । दाङमा विहीबारको तुलनामा शुक्रबार गर्मी घटेको छ ।

विहीबार ४०.२ डिग्रीसेल्सियस रहेको तापक्रम शुक्रबार घटेर ३८.६ डिग्री सेल्सियस भएको छ ।


विहीबार १२ बर्ष यताकै गर्मी भएको थियो । गर्मीकै कारण दाङका ९ स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।