काठमाडौं, २४ पुस ।
राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो ।
तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको थियो । सोही ठाउँमा हुने निर्वाचनका लागि यही पुस २८ गतेभित्र दल दर्ता गर्न आयोगले सूचना जारी गरेको छ ।
नेकपा एमालेका नेता भट्टराईले रुपन्देही–५ बाट चुनाव लड्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए । तर उनी उम्मेदवार बनेनन् ।
लाइभदाङ । २४ पुष २०७९, आईतवार १२:३६ बजे