चट्याङ्ग लागेर प्यूठानमा २ जनाको मृत्यु, नौ घाइते

प्यूठान, २१ असार।

प्यूठानमा चट्याङ्ग लागेर २ जना बालकको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा ऐरावती गाउँपालिका-६ बिजुलीकोटका १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।


डीएसपी सत्यनारायण थापाका अनुसार त्यस वडामा ५ जना घाइते भएका छन् । सोही पालिकाको वडा- १ दाङ्बाङ्गमा चट्याङ लागेर ४ जना घाइते भएका छन् ।