…जसले गौरीगाउँका माछाको निकै माग बढाए

दाङ
१२ असोज / दाङका बजारमा माछोको एउटा ब्रान्ड छ– ‘गौरीगाउँको माछा ।’ बजारमा बेच्न ल्याएका माछालाई ग्राहकले सोध्ने गर्छन्‘गौरीगाउँको माछा हो ?’ गौरीगाउँकै माछा भनेपछि नकिन्ने विरलै हुन्छन् । तिनै ब्रान्डेट माछाका पालक हुन्, त्यहाँकै युवा यादव भण्डारी ।

तुलसीपर उपमहानगरपालिका वडा नं. १० निवासी भण्डारीले ‘भण्डारी माछा पालन एण्ड कृषि फर्म’ मार्फत आफ्नै जग्गामा व्यबसायीक रुपमा माछा पालन गरेका छन् । उनले पालन गरेका माछा अहिले दाङका बजारमा निकै माग हुने गरेको छ ।‘अहिले बजारमा जुन माछाको चर्चा हुने गरेको त्यो माछा मैले नै पालन गरेको माछा हो ।’ उनले भने ।

उनले त्यहाँ माछा पालन गरेको सात बर्ष भयो । १ विघा क्षेत्रफलमा तीनवटा पोखरी बनाएर माछा पालन गरिरहेका छन् । त्यहीबाट बर्षिक १५ देखि २० लाखसम्म आम्दानी हुने गरेको उनी बताउछन् ।‘आफ्नै जग्गामा यसरी व्यबसायीक माछा पालन गर्न थालेका ७ बर्षभयो’, उनले भने‘ यसबाट बार्षिक १५/२० लाख आम्दानी हुने गरेको छ ।’

ग्रास, सिल्भर,कमन,राहु, नैनी जातका माछा पालन गरिरहेका छन् । ति माछा दाङमा मात्रै होइन्, बाँके, बर्दिया, सल्यान, कैलालीसम्म पुग्ने गर्छन् ।

चितवनबाट आउछन्, माछाका भुरा

अहिले दाङ तथा आसपासका क्षेत्रमा माछाका भुराहरु पाईदैन । त्यसले गर्दा पनि टाढाबाट माछाका भुरा ल्याउनुपर्ने अबस्था छ । भण्डारीले चितवनबाट माछाका भुरा ल्याउने गर्छन् । तर, अब उनले केही समय पछि आफै नै माछाका भुरा उत्पादन गर्ने तयारी रहेको समेत उनले बताए ।

आफ्नो थप जग्गामा पोखरी बनाएर माछाका भुरा उत्पादन गर्ने तयारी रहेको उनको भनाई छ ।‘अहिले बाहिरी जिल्लाबाट माछाका भुरा ल्याउनु पर्छ’, उनले भने‘ अब म दाङमै माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु, यसले दाङ तथा आसपासका अन्य जिल्लालाई पनि सहज हुन्छ ।’

घुँङी पनि उत्पादन


थारु समुदायको पहिचानको रुपमा रहेको घँुङी अहिले उनले पोखरीमा उत्पादन गर्ने गरेका छन् । यो बर्ष मात्रै करिब तीन क्वीन्टल उत्पादन गरेर विक्री वितरण गरिसकेको उनी बताउछन् ।‘हामीले माछा संगै घुँडी पनि उत्पादन गर्ने गरेका छौं’, उनले भने‘यसको माग पनि राम्रो छ ।’ उनलाई यो सबै बुवाबाट प्रेरणा मिलेको हो ।

आफै पनि भेटनरी डाक्टर हुन्

उनले माछा पालन मात्रै होइन्, कृषकलाई परामर्स तथा विद्यार्थीहरुको प्रयोगात्मक गर्ने थलो पनि बनेको छ । भण्डारी आफै अहिले भेटनरी डाक्टर हुन् । उनले चितवनबाट भेटनरी डाक्टर गर्दै गरेका उनले त्यहाँ प्रयोगात्मककालागि आएका विद्यार्थीहरुलाई आफैले धेरै कुराको जानकारी दिने गरेका छन् । विभीएससी एण्ड एएच विद्यार्थीहरु प्रायः त्यहाँ प्रयोगात्मककालागि आउने गर्छन् ।

त्यति मात्रै होईन्, अहिले भण्डारी ठाउँ–ठाउँ गएर तालीम पनि दिने गरेका छन् ।‘कहिल्यै चितवन, कहिल्यै नवलपुर गएर किसानलाई तालीम दिने गरेको छु’, उनले भने‘समय व्यबस्थापन गरेर काम गरिरहेको छु ।’ धेरै युवाहरु बेरोजगार भएर भौतारिरहेका छन्, भने केही युवाहरु आफ्नो उर्जावान समय अर्काको देशमा खेर फालिरहेका छन्, तर, भण्डारीले आफ्नै देशमा कुनै न कुनै पेशा अंगालेर मनग्य आम्दानी गर्न सकिन्छ, भन्ने हेँतुले पढाईसंगसंगै यो पेशा अंगालेको बताउछन् ।

उनले राप्ती प्राबिधिक शिक्षालयबाट ‘प्लस टु’ पास गरेपछि नै यो पेशा सुरु गरेका हुन् । उनले पशु डाक्टर बनेर जागिर गर्ने उद्देश्य छैन । एउटा पसल खोल्ने र पशु दाना पनि आफै उत्पादन गरि विक्री वितरण गर्ने, किसानलाई प्रोत्साहन गर्ने, माछा पालन तथा विक्री वितरण गर्ने योजना छ । ठूलो क्षेत्रफलमा खेति गरेको भएपनि अहिलेसम्म कुनै पनि निकायबाट अनुदान नपाएको भन्दै अनुदान पाएपछि यसरी थप व्यबस्थापन गर्ने तयारी रहेको समेत उनको भनाई थियो ।

उनले किसानको घरमै पुगेर परामर्स तथा सेवा दिने गरेका छन् । अहिले माछा हेर्नकालागि कर्मचारी आबश्यक रहेको उनले बताए । आफू संधै बाहिर तालीम दिन जानुपर्ने भएकाले घरमा माछा हेर्ने मान्छे नभएको भन्दै माछा हरचाह गर्ने कर्मचारीको खोजि भइरहेको उनले बताए । अब असोज २० गतेदेखि आफूले पालन गरेका माछा बिक्री गर्ने उनले बताए ।  साभार:अग्रिम साप्ताहिक

May be an image of 1 person, standing and text