गोरखा तुलसीपुरद्वारा ब्यबस्थापन शंकायमा जिल्ला प्रथम भएको दावी

तुलसीपुर,३० साउन । गोरखा माध्यामिक विद्यालय तुलसीपुरले ब्यबस्थापन शंकाय अन्तर्गत कक्षा १२ को परीक्षामा जिल्ला प्रथम भएको दावी गरेको छ ।

विद्यालयका खेल संयोजक मोहन सुनारका अनुसार विद्यालयमा अध्ययनरत समीक्षा हमालले ३.९१ जीपीए प्राप्त गरेकी छन् ।

सम्भवतः जिल्लामा उनले नै सबै भन्दा बढि जीपीए ल्याएको हुन सक्ने सुनारको दावी छ । गोरखाले खेल र शिक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।


अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक सीपमा जोड दिदै आएको गोरखा तुलसीपुर पटक-पटक उत्कृष्ट नजिता हाँसिल गर्दै आएको छ ।