तुलसीपुरबाट ८ वडाध्यक्षसहित २५ जनाको राजीनामा

तुलसीपुर
९ वैशाख / दाङको तुलसीपुर उपमहानगरपालिकाका २५ जनाप्रतिनिधिले राजीनामा दिएका छन् । सुचना अधिकारी बाबुराम न्यौपानेलेका अनुसार शुक्रबार ८ जना वडाध्यक्ष र १७ जना वडा सदस्यहरुले पदबाट राजिनामा दिएका हुन् ।

तुलसीपुर २ का अध्यक्ष राजु आचार्य,वडा नं. १६ का अध्यक्ष भुपबहादुर केसी,वडा नं. १० का अध्यक्ष कुमार लामिछाने,वडा नं. ९ का अध्यक्ष घनश्याम ढकाल,वडा नं. ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह,वडा नं.१५ का अध्यक्ष लक्ष्मण चौधरी,वडा नं १७ का अध्यक्ष थलराज पुरी,वडा नं. १८ का अध्यक्ष माधव वलीले राजीनामा दिएका हुन् ।


त्यस्तै वडा सदस्यहरुमा वडा नं. १९ का देउकली नेपाली र केशर बहादुर पुन,वडा नं ७ का सारदा सुनार,वडा नं. १६ का दण्डबहादुर खत्री,वडा नं.२ का कविराम चौधरी,राजकुमार केसी,कमला थापा,वडा नं. ६ बाट यमुना परियार,वडा नं.५ का अजय बुढाथोकी,सावित्री गुरुङ,मधुमति सुनार,सुरेश कुमार श्रेष्ठ,वडा नं. ११ का निर्मा चौधरी,वडा नं.१८ का शितल प्रसाद बुढामगर,वडा १८ का जिगन्या चौधरी,वडा नं. ७ का रामबहादुर जिसी,वडा नं. ६ का दुजमान भण्डारी र वडा नं. १६ का पार्वता कामीले पदबाट राजिनामा दिएका हुन ।

निर्वाचन आयोगले जनप्रतिनिधि पुनः चुनाव लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेकाले सोही अनुसार उनीहरुले राजीनामा दिएका हुन् ।