बामपन्थी एक हुन नदिन म माथि प्रहार भएको आशंका छ: महरा

दाङ,३० साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले बामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको हुन सक्ने आशंका ब्यक्त गरेका छन् । दाङको घोराही स्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गरि महराले आफूले सबै बामपन्थी शक्तिहरु एक बनाउनकालागि सन्तुलनको भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशंका ब्यक्त गरे ।‘ मलाई लागेको चाहि के छ, भने म एग्रसिप मान्छे होईन, म सन्तुलन गर्ने मान्छे हुँ । म सकेसम्म सबै बामपन्थीहरु, सबै माओवादीहरु एकता होेस् ।

यो देशका राष्ट्रिय शक्तिहरु एकठाउँमा भइदिए देशको विकास हुन्थ्यो भन्ने चाहाना राख्ने मान्छे हो’उनले भने‘ मेरो यो चाहानाबीच कसैले चाहाना नरोखेको पनि हुन सक्छ । हो की त भन्ने मलाई आशंका छ । यो कुनै कुनै ब्यक्ती, कुनै पनि शक्ति, पार्टी प्रति लक्षित पनि छैन प्रमाण पनि छैन।’

गत पुस १० गते विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन प्रकारणमा जोडिएपछि महराले मंगलबार दाङमा पत्रकार सम्मेलन गरि यस्तो बताएका हुन् ।


उनले ‘वाङ’ भन्ने मान्छेसंग १०/१५ बर्षदेखि चिनजान भएको बताए । ति ब्यक्ती रोल्पा,दाङ समेत पुग्ने गरेको र फलफुल ब्यापारी रहेको बताए । ति ब्यक्तीसंग चिनबाट भेवको सामान भान्सारमा रोकिएको र छुटाईदिन मद्दत गर्न भनेपछि त्यसमा सहयोग गरेको बताए ।‘मैले इलिगल होला भनेँ तर, उनले होईन भने, त्यसपछि भान्सारका साथीहरुसंग कुरा गरेर रोक्नु पर्ने हो भने रोक्नु, छोड्न मिल्ने हो भने छोड्नु, लिलाम गर्ने हो भने पनि गर्नु जे गर्ने कानुन अनुसार काम गर्नु होला, भनेर भनेको हुँ’,उनले भने ‘ बाहिर मिडियामा आएको के छ, भन्दा, मेरो त टेलिफोन भएको होइन्, छोराले टेलिफोन गरेको हो भने पनि सुनसंग हाम्रो सहकार्य छैन, सुनको ‘स’ पनि छैन ।’

आफू १०/१५ बर्षदेखि लगातार सरकारमा रहेको र विगतमा जेल पर्दा जेलमै भएका एक प्रहरी अधिकृत चिनजान भएको भन्दै प्रहरी अधिकृतलाई भेटेर कानुन अनुसार गर्नु भनेको समेत बताए । साथै उनले अनुसन्धानमा सहयोग गर्ने समेत बताए ।