बि पि मा बि बयालेमा प्रगतिशील प्यानल बिजयी

निराश पान्डे,
शान्तिनगर, १७ माघ ।
शान्तिनगर गाउँ पालिका वडा नम्बर ३ स्थित बि पि मा बि बयाले सिंतराको सोमबार भएको विद्यालय ब्यबस्थापन समितिको निर्बाचनमा प्रगतिशील प्यानलको टिम बिजयी भएको छ। जस अनुसार प्रगतिशील प्यानलका रुद्र रकाल २५२, सिमा बुढाथोकी २४२, इन्द्र रोका २४१ र शान्ती छन्तेलले २४२ मत ल्याइ बिजयी भएका छन ।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका पार्बती पुन २२०, तुलसी गिरि २२०, निम कान्त तिवारी २२१ र फुलपती चौधरीले २१४ मत ल्याइ पराजित भएका छन। कुल ६ सय ४७ मतमा ४ सय ८८ मत खसेको निर्बाचन समितिले जनाएको छ। लोकतान्त्रिक प्यानललाई नेपाली कांग्रेसको समर्थ रहेको थियो भने प्रगतिशील प्यानललाई नेकपा एमाले, नेकपा माओवादी , राष्ट्रिय स्वतन्त्र पार्टी , राप्रपा र नेकपा समाजबादिको समर्थन रहेको थियो। लोकतान्त्रिक प्यानलले समितिको अध्यक्षमा पार्बती पुनलाई अघि सारेको थियो भने प्रगतिशील प्यानलले देब राज मल्ललाई समितिको अध्यक्षमा अघि सारेको थियो मल्ल नब निर्बाचित बाट मनोनित भइ अध्यक्ष हुने छन। निर्बाचन बिहान ८ बजे देखि अपरान्ह ३ बजे सम्म भएको थियो।


त्यसै गरि बिजयी पश्चात् प्रगतिशील प्यानलले पातेटाकुरा र माले चौपारिमा कोणसभा सम्पन्न गरेको छ । उक्त कोणसभा लाई एमालेका युबा नेता बिष्णु के सि, माओवादीका नेब बहादुर रोका, राष्ट्रिय स्वतन्त्र पार्टीका कर्ण दिप देबकोटा, राप्रपाका गोपाल पान्डे, त्यसै गरि देब राज मल्ल लगाएतले बोलेका थिए।