तरुणदल तुलसीपुर नगर अध्यक्षमा घर्ती

दाङ, ११ भदौ ।
नेपाली काङ्ग्रेस भातृ संघ तरुणदल तुलसीपुर उपमहानगरपालिका नगर अध्यक्षमा कमल घर्ती मनोनयन भएका छन् ।

नेपाली काङ्ग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसम्पादन समितिको भदौ ११ गतेका दिन बसेको बैठकले निर्णय नम्बर ३ अनुसार घर्ती लाई मनोनयन गरेको हो ।


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दहित र जिल्ला कार्यसमिति दाङले खाली रहेका संघ संस्थाहरूमा मनोनित गर्दै आएको छ ।