
प्रिया स्मृती गजमेर
लमही, १४ कात्तिक ।
साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड २२औं वर्षमा प्रवेश गरेको अवसरमा देउखुरीको गढवास्थित शाखाले एक कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको छ । आधुनिक, स्मार्ट तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै उत्कृष्ट र सशक्त वित्तीय संस्था बन्ने लक्ष्यसहित सेवा प्रदान गर्दै आएको बैंकले देशभरका शाखाहरूसँगै गढवा शाखामा पनि शुभकामना आदान–प्रदान तथा उत्सवको कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा गढवा गाउँपालिका–६ का वडा अध्यक्ष वीरबहादुर आले मगर, उद्योग वाणिज्य सङ्घ गढवाका अध्यक्ष ओम प्रकाश बस्याल र साङ्ग्रिला डेभलपमेन्ट बैंक गढवा शाखा प्रमुख तेजबहादुर नेपालीले संयुक्त रूपमा केक काटी बैंकको २२औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका थिए ।
अतिथिहरूले बैंकले सेवा विस्तारका क्रममा स्थानीय आर्थिक विकासमा पु–याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा दिन शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बुद्धिजीवी अनुराग यादव, उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश बस्याल, वडा अध्यक्ष वीरबहादुर आलेलगायतले बैंकको प्रगतिका लागि निरन्तर साथ रहने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रम दाङ सब–कलस्टरका प्रमुख आस कुमार जरेजुको अध्यक्षता, वडा अध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्य तथा उद्योग वाणिज्य सङ्घ गढवाका अध्यक्ष ओम प्रकाश बस्यालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन शाखा प्रमुख तेजबहादुर नेपालीले गरेका थिए ।



लाइभदाङ । १५ कार्तिक २०८२, शुक्रबार ०७:२३ बजे