लमही-घाेराही सडक अबरुद्ध

तुलसीपुर,२३ साउन ।
लमही -घोराही सडक खण्ड पुनः अबरुद्ध भएको छ । लमहीको कुलमोहर नजिकै राती १२ बजेको समयमा पहिरो खस्दा सवारी आवागमन बन्द भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार अहिले पहिरो पन्छाउने काम भैरहेको छ ।