थर्ड आई नेपालको वार्षिकोत्सवमा रक्तदान

तुलसीपुर,२१ साउन ।
थर्ड आई नेपालले प्रथम बार्षिकोत्सब मनाएको छ । संस्थाका सचिव सन्तोष लामिछानेलेका अनुसार संस्थाले महिलाहरुको लागि आत्मसुरक्षा तालिम, बलात्कार र महिला हिँसा विरुद्ध राष्ट्रिय जनचेतना अभियान चलाई रहेको छ । साथै नियमित रक्तदान कार्यक्रम गरिएको छ ।

संस्थाका उपाध्यक्ष प्रतिज्ञा भण्डारीका अनुसार संस्थाको बार्षिकोत्सवमा अवसरमा तुलसीपुरमा २८ पिन्ट रक्तदान गरिएको छ ।


संस्थाका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो । रगत अभावका कारण कुनै पनि व्यक्तिको ज्यान जोखिममा रहनु हुँदैन भन्ने धारणा सहित उक्त कार्यक्रम गरिएको संस्थाका कोषाध्यक्ष रेशम नेपालीले बताए । युवाहरुलाई समाज प्रति कसरी जिम्मेवार बन्ने र युवाहरुको के दायित्व रहनु पर्छ भनी संस्थाका सह सचिव शोभा अधिकारीले बताईन।

समाजमा आमूल परिवर्तन ल्याउन अन्य विभिन्न कार्य लगायत नियमित रक्तदान कार्यक्रम पनि हुने संस्थाका सक्रिय सदस्य सुष्मा खड्काले बताईन् । युवाहरू मिलेर समाजमा केही सकारात्मक परिवर्तन ल्याउनु पर्छ भन्ने सोचका साथ संस्था सञ्चालनमा आएको हो ।