जन्म दिनमा छाेरीलाई आईएमई लाइफकाे बिमालेख उपहार

तुलसीपुर, २० साउन । साँझ पखको समय, टेबुलमा केक, मैनबत्ती, मिठाई र फलफूलहरुका साथ बिभिन्न परिकारहरु सजिसजाउ देखिन्थियाे, साथमा “आई.एम.ई लाइफ बाल उमङ्ग” बिमा लेखको फाईल । घरको कोठाभरी नजिकका इष्टमित्र,आफन्त र साथिभाईहरुको बाक्लो उपस्थिति ।

सन्दर्भ हो तुलसीपुर उप महानगरपालिका वाड. ६ तुलसीपुर निवासी रोटरी क्लव अफ तुलसीपुर सिटिका महासचिव एवं शर्मा शपिङ्ग सेन्टरका संचालक युवा समाजसेवी रुपेश शर्मा एवं अंकिता शर्मा लगायत समग्र शर्मा परिवार आफ्नी प्यारी छोरीको फरक शैली र फरक उपहार सहित जन्मदिन मनाउने सोंच र कार्यक्रमको ।

जन्मदिन, वैवाहिक बर्षगाँठ, पास्नी, बिवाह जस्ता अवसर जुटाएर बिमाको महत्व बुझेका परिवारहरुले आजभोली रचनात्मक तरिकाले यस्ता उत्सव मनाउन थालेको पाइन्छ । यस्तै कामको उदाहरणका पात्र बनेका छन, शर्मा परिवार । सो परिवारले शनिबार आफ्नो छोरी बिभिसा शर्माको छैटौं जन्म दिन मनाउन नयाँ खालको फरकशैली अपनाएको छ।


छोरीको जन्मदिनको अवसर पारेर आफन्तहरु बोलाएर छोरीको नाममा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी संग समन्वय गरि १५ लाखको जिवन बिमाको फाईल तयार गरि जन्मदिनको उपहार दिएका छन् । शर्मा परिवारले भविष्यमा आउने आर्थिक व्यवस्थापन र हुन सक्ने संकटहरुलाई समाधान गर्न सहज होस भनी, बिमाको महत्व बुझेर यसो गरेको रुपेश शर्माले बताए ।

जिवन बिमा भनेको संकटको साथी हो । छाेरीकाे उच्च शिक्षामा सहजता र उज्ज्वल भविष्य को कामना सहित जन्मदिनमा छोरीको नाममा बिमा पोलीसी बनाएर हस्तान्तरण गरेको आमा अंकिता शर्माले बताइन् । जिवनमा लक्ष्य प्राप्तीका लागि भविष्यमा छोराछोरीहरुलाई आर्थिक संकट नआओस भनेर यस्तो कामको सुरुवात सबैले गर्नुपर्ने कम्पनीका अभिकर्ता किरण पुनले बताए ।

याे अभ्यासले बिमा हुनेखाने र हुदा खाने सबैका लागि अत्यावश्यक रहेकाे सन्देश दिन सफल भएको र राज्यले प्रत्येक नागरिककाे बिमा अनिवार्य हुनुपर्ने प्राबधान ल्याएमा नागरिक र राज्यलाई थप सम्वृद्विको आधार तिर लग्न सकिने आई एम ई लाईफ तुलसीपुरका शाखा प्रमुख हिमाल खड्काले बताएका छन ।