पहिरोमा पुरिएर रुकुम पश्चिमका दुई जनाको मृत्यु

रुकुम, १४ साउन । पहिरोमा पुरिएर रुकुम पश्चिमका दुई जनाको मृत्यु भएको छ।

बाँफिकोट गाउँपालिका ७ बाँसथलास्थित पोखरापरी घाँस काट्न गएका ५४ वर्षीया धनमाया खत्री र ४४ वर्षीय कालिबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बताए। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, पहिरोमा परेर बाँफिकोट-७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएकी छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए।


घाँस काट्ने क्रममा तीनै जना पहिरोसँगै खसेको उनले बताए। उनीहरू पहिरोमा पुरिएको अवस्थामा फेला परेका थिए।