डिभाइन टेम्पल एकामेडीद्वारा नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण

Exif_JPEG_420

दाङ, साउन १२
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डिभाइन टेम्पल एकामेडीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । डिभाइन टेम्पल एकामेडीले शुक्रवार नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरणसगैं स्वागत तथा सम्मान पनि गरेको हाे ।

डिभाइन टेम्पल एकामेडीका प्रिन्सीपल कुलानन्द अधिकारीले कक्षा ११ मा भर्ना भएका व्यवस्थापन संकायका (होटेल म्यानेजमेन्ट,कम्प्युटर साइन्स र बिजनेस इस्टडीज) का विद्यार्थीहरुलाई स्कुलको शैक्षिक गतिविधिका बारेमा जानकारी गराएका हुन् । कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका शिक्षा,युवा तथा खेलकुद महाशाखाका मन बहादुर खड्काले सिकाईको शैली बदल्नुपर्ने र अहिलेको परिवेशमा घोकन्ते विद्या भन्दा व्यवहारिक तथा प्रयोगात्मक शिक्षालाई जोड दिनुपर्ने बताए ।

डिभाइन टेम्पल एकामेडीका फाउन्डर तथा डाइरेक्टर भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका इसिए कोडिनेटर आकाश सिङ्,एचएम शिक्षक बिजय घिमिरे,कमल पन्थी,लक्ष्य एकाडेमीका प्रिन्सीपल लोकेन्द्र बहादुर खड्का,साधना पाठशालाका प्रिन्सीपल हरि प्रसाद भण्डारी लगाएतले डिभाइन टेम्पल एकाडेमीले दिने शिक्षा प्रभावकारी भएकोले यस तर्फ विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको बताए । उनीहरुले शान्त,सुरक्षित र गुणस्तरीय शिक्षाका लागि पनि डिभाइन टेम्पल उपयुक्त गन्तव्य भएको बताए ।


५० जना विद्यार्थीबाट सुरु गरिएको डिभाइन टेम्पल एकाडेमीमा हाल १५ सय बढी विद्यार्थीहरु अध्ययनरत छन । विद्यालय खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित छ । कक्षा १२ मा अध्ययनरत छात्रा राधिका वलिले अन्डर १५ साफ च्याम्पियनसिप भाग लिई सफलता हासिल गर्दै विद्यालयसगैं देशलाई चिनाएकि छन् । कार्यक्रमको सहजीकरण विद्यालयका एकाडेमिक कोडिनेटर दिपेन्द्र भट्राईले गरेका थिए ।