निजामती विद्येयकमा छलफल

दाङ,९ साउन ।
लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवाको गठन,सञ्चालन र सेवाको शर्त सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । मंगलबार बसेको प्रदेशसभाको २० औं बैठकमा विद्येयक माथि छलफल भएको हो । प्रदेश गृहमन्त्री सन्तोष कुमार पाण्डेले छलफल गरियोस्, भन्ने प्रस्ताब पारीत भएपछि सांसदहरुले छलफलमा भाग लिएका हुन् ।

त्यस क्रममा प्रदेशले निजामति ऐन ल्याउनु सकारात्मक भएको सांसदहरुले बताएका थिए । विद्येयकका विषयमा कर्मचारीहरु आन्दोलित बनेकाले यो विषयमा ध्यान दिनुपर्ने सांसदहरुको भनाई थियो ।


सोही क्रममा सांसद भोजप्रसाद श्रेष्ठ, मिनाकुमारी श्रेष्ठ, लोकी कुमारी विकरत्नकुमारी खत्री, तारा थापा, कृष्ण कुष्मा थारु, निमा गिरी, रामजी प्रसाद घिमिरे,इन्द्रजित थारु र जन्मजयन तिमिल्सिनाले छलफलमा भाग लिएका थिए । अब संसद बैठक बुधबार दिउसो १ बजे बस्नेछ ।