कवि भावनाको नेतृत्वमा ‘स्वतन्त्र साहित्यपुञ्ज नेपाल’ गठन

 

काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मीकी क्याम्पसमा भएको एक भेलाले विधिवत रूपमा न्यौपानेको अध्यक्षतामा सो साहित्यीक संस्थाको विधिवत ढंगले गठन गरेको हो । शुक्रबारको भेलाले संस्थाको विधान समेत तयार गरी कार्यसमितिको भेला सम्पन्न गरेको हो । सो अवसरमा कवि गोष्ठीसमेत सम्पन्न भएको थियो। देशको सूदुर पूर्व इलामदेखि सुदूर पश्चिम बैतडीसम्मका साहित्यकारहरूको उपस्थितीमा गहीरो छलफल पछि कार्यसमिति गठन र विधान तयार गरिएको हो ।

विज्ञान र प्रविधिको तिब्र विकाससँगै युवापुस्तामा पुस्तक पढ्ने बानी घट्दै गैरहेको समयमा देशका विभिन्न क्षेत्रमा रहनु भएका साहित्यकारहरु एकाकार भइ संस्था गठन गर्दै मुलुकको साहित्यीक क्षेत्रको उत्थानमा लाग्ने प्रण गर्नु महत्वपूर्ण विषय भएको साहित्यका व्याकुल पाठकको धारणा रहेको छ ।

साहित्यिक अनुरागीहरूको राष्ट्रिय भेलाबाट छन्द साहित्यको जगेर्ना, संरक्षण र उन्नयनका निम्ति लामो समय नेपाली छन्द साहित्यको उत्थानमा समर्पित भवानी न्यौपाने भावनाको अध्यक्षता र छन्द साहित्यमा लामो समयदेखि क्रियाशील अग्रज छन्द साहित्यिक अनुरागी व्यक्तित्वहरूको पहलमा “स्वतन्त्र साहित्यिक पुञ्ज नेपाल “ नामक साहित्यिक संस्थाको स्थापना भएको हो ।


त्यस अवसरमा विभिन्न सर्जकहरूले साहित्यिक छन्द सिर्जना तथा साहित्य सम्बन्धि स्वतन्त्र र स्वच्छन्द विचार समेत प्रस्तुत गर्नुभएको थियो । शुक्रबार  गठन भएको १३ सदस्यीय साहित्यिक कार्य समितिका सदस्यहरूमा भवानी न्यौपाने भावना, अध्यक्ष – दाङ, जीवनहरि शर्मा पोखरेल, उपाध्यक्ष- इलाम, तिलक न्यौपाने, सचिव -दाङ, हरिप्रसाद घिमिरे, कोषाध्यक्ष- गोरखा, देवीप्रसाद प्याकुरेल, सह सचिव – भक्तपुर र सदस्यहरुमा हेमनाथ अधिकारी -झापा, जयनारायण भट्टराई – इलाम, देउकुमारी पहाडी- सिन्धुली , बासुदेव पाण्डे- बैतडी, पवित्रा घिमिरे -पोखरा, बिष्णुप्रसाद गौतम- काठमाडौं, शिवराम दुवाडी -गोरखा र मन्जु श्रेष्ठ -मोरङ रहनु भएको छ ।

संस्थाका सल्लाहकारहरूमा प्रा. डा. काशीनाथ न्यौपाने काठमाडौं, उप प्रा कपिलदेव भट्टराई- हेटौंडा, अधिवक्ता- पेशलकुमार न्यौपाने -विराटनगर, प्रा. डा. सुबोधकुमार शुक्ला-महोत्तरी र खगेश्वर भण्डारी – इलाम रहनुभएको छ ।

साहित्यका नाममा देखिएका विक्रिती र विसंगतिहरुको मुलोछेदन गर्ने उद्धेश्यले स्थापना भएको यस संस्थाले देशव्यापी साहित्यीक सम्मलेन आयोजना गर्ने र छन्द साहित्यको अभिवृद्धिको लागि विशेष योजना अघि बढाउने लक्ष्य लिएको अध्यक्ष न्यौपानेले भ्वाईस अफ काठमाडौंलाई जानकारी दिनु भयो ।