नेपाली काँग्रेस लमहीको सभापतिमा बुढाथोकी, राजपुरको सभापतिमा भण्डारी

शिवु खनाल
देउखुरी
९ असोज / नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका स्तरीय दाङ देउखुरीको अधिबेशन निर्वाचन सकिएको छ । लमही नगरपालिकामा युवा नेता सन्तोष बुढाथोकी निर्वाचित भएका छन् भने बुढाथोकीले अर्का प्रत्यासी शिबप्रसाद चौधरीलाई २१ मतले पराजित गरेका हुन् ।

चौधरी निवर्तमान सभापति हुन् । त्यस्तै १४ औँ महाधिवेशन अन्तरगत उपसभापतिमा बिनोद खड्का र जग नारायण चौधरी निर्वाचित भएका छन् । खड्काले ८३ मत र चौधरीले ७६ मत लिएका थिए । त्यसैगरी सचिवमा प्रेम कलाथोकी र कैलाश चौधरी निर्वाचित भएका छन् ।

चौधरीले ८२ र कालाथोकीले ७९ मत प्राप्त गरेका थिए । सह–सचिवमा खीम बहादुर योगी र हिमान्सु न्यौपाने निर्वाचित भएका छन् भने योगीले ८० र न्यौपानेले ८७ मत प्राप्त गरि बिजयी भएको मतदान अधिकृत प्रकाश डाँगिले जानकारी दिए ।

यस्तै राजपुर गाउँपालिकामा सभापतिका उम्मेदवार नरेन्द्रसिंह भण्डारीले ६३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । भण्डारीले ६३ मत र बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए भने एकसय १३ मतदाता रहेको राजपुरमा सम्पूर्ण मत खसेको मतदान अधिकृत दुर्गा पाण्डेले जानकारी दिए ।


त्यस्तै उपसभापतिमा तीन जनाको प्रतिस्पर्धा रहेको थियो । अमृत खड्का ८७, आशाराम यादव ८२ मत लिएर उपसभापतिमा निर्वाचित भएका छन् भने अर्का उम्मेदवार मोहन गुप्ता पराजित भएका छन । गुप्ताले २४ मत लिए पनि हार बेहोर्नु पर्यो ।

त्यस्तै गढवा गाउँपालिकाको सभापतिमा किरण पौडेल निर्वाचित भएका छन । सभापतिका अर्का प्रत्यासी कृष्णराज पाण्डेले ८१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिबमा पुर्णप्रसाद चौधरीले ९७ र पोषणराज न्यौपानेले ९१ मत प्राप्त गरि बिजयी भएका छन् ।

राप्ती गाउँपालिकामा हिजै सहमति भैसकेको छ, त्यहाँ सभापतिमा विद्या शरण चौधरी गाउँपालिका सभापति बनेका छन् ।