आगलागी घटना प्रति एकिकृत समाजवादीद्धारा दुःख व्यक्त

तुलसीपुर
२८ माघ / तुलसीपुरमा पाँच जनाको ज्यान जाने गरी भएको आगलागी घटना प्रति नेकपा एकिकृत समाजवादी तुलसीपुर नगर कमिटिले दुःख व्यक्त गरेको छ ।

तुलसीपुर नगर कमिटिका अध्यक्ष विष्णु थापा र सचिव दिपक कुमालले संयुक्त रुपमा शोक व्यक्तव्य जारी गर्दै मृतकहरु प्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ । एकिकृत समाजवादी पाटी लुम्बिनी प्रदेश कमिटि सदस्य एमडि हसनका भाई नजरदिन अली सहित पाँच जनाको मृत्यु भएको घटनाले पाटी स्तब्ध भएको शोक वक्तव्यमा उल्लेख गरिएको छ ।


ठुलो मानविय क्षति संगै करोडौ धनमालको क्षति भएको हुदा उचित क्षतिपुर्ति दिन राज्य संग माग गरिएको छ । मृतकका परिवारलाई तुलसीपुर ५ ङ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको हुसेन बकसले संचालन गरेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा गएराती आगलागी हुदा तुलसीपुर ५ बस्ने अन्दाजी ४२ वर्षीय नजरद्दिन अली, उहाको छोरी अन्दाजी १३ वर्षीया साजिता खातुन, छोरा अन्दाजी ५ बर्षिया आवीद्दिन अली, अन्दाजी १४ बर्षिय हसन बकस र १७ वर्षीय मसिन बकसको मृत्यु भएको थियो ।