मोटरसाइकल पुलबाट खस्दा गम्भीर घाइते भएका नेपालीको मृत्यु

तुलसीपुर, १५ असार । ग्वारखोला पुलबाट मोटरसाईकल खस्दा गम्भीर घाइते भएका एक ब्यक्तीको उपचारको क्रमम मृत्यु भएको छ ।  प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर–१२ पुकार पसलबाट मलवारतर्फ जादै गरेको रा ३ प ३७५० नम्बरको मोटरसाइकल शुक्रबार साँझ सवा ७ बजेतिर खस्दा गम्भीर घाइते भएका तुलसीपुर–१६ का २० वर्षीय सागर नेपालीको मृत्यु भएको हो ।

अनियन्त्रित भएर मोटरसाईकल खस्दा गम्भीर घाइते भएका उनका मेडिकल कलेज बाँकेमा उपचारकै क्रममा मृत्यु भएको हो । उनको राति पौने १२ बजेतिर मृत्यु भएको हो ।


मोटरसाइकल सडकबाट झण्डै १५ मिटर तल खसेको थियो । दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय तारा बहादुर धिताल घाइते भएका छन् ।