विद्यार्थीलाई पढ्दै,कमाउँदै कार्यक्रममा समावेश गर्दैछौंः मन्त्री मास्की

देउखुरी,२८ असार ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले विद्यार्थीलाई स्वरोजगारमा जोड्न प्रदेश सरकारले कार्यक्रम ल्याएको बताएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं.४ स्थित श्रृङ्गा जनता माध्यामिक विद्यालयको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री मास्कीले यस्तो बताए ।

विद्यार्थीहरु पढाई छोडेर विदेश पलायन हुने क्रम बढिरहेको भन्दै यसलाई रोक्न पढ्दै, कमाउँदै कार्यक्रम सञ्चालन गरेको बताए । विद्यार्थीले परीक्षा दिएर खाली रहेको समयमा सीप प्रदान गर्न आफूले बजेट विनियोजन गरेको उनको भनाई छ ।


साथै सोही विद्यालयमा अध्ययनरत छात्रा स्मृति कडेलले ‘४ जीपिए’ ल्याएको भन्दै सरकारी विद्यालय पनि अब्बल छन्, भन्ने सन्देश दिएको बताए ।

त्यस अवसरमा प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले शिक्षा क्षेत्रले समाजलाई सही मार्गमा हिडाउने बताएका थिए ।