दाङ ३ मा १९ उम्मेदवारको जमानत जफत

दाङ, २५ फागुन ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम अनुसार दाङ क्षेत्र नं.३ मा १९ जना उम्मेदवारको जमानत जफत भएको छ । जम्मा सदर मत ८४ हजार ८ सय ४१ रहेकोमा जमानत जोगाउन ८ हजार ४ सय ८४ मत ल्याउनु पर्छ ।


सोही अनुसार काँग्रेसका दीपक गिरीले १६ हजार चारसय ५३, एमालेका घनश्याम पाण्डेले १२ हजार एकसय ९५ र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार तीनसय २८ मत ल्याउनुभएको थियो । सोही निर्वाचन क्षेत्रबाट रास्वपाका कमल सुवेदीले ४४ हजार दुइसय ८४ मत ल्याएर विजयी हुनुभएको थियो । त्यो बाहेक अन्य १९ जनाले १० प्रतिशत मत नल्याउँदा जमानत जफत भएको छ ।