दाङमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाउन सुरु

तुलसीपुर
२७ साउन / दाङमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही उपमहानगरापलिका बाहेक अन्य सबै स्थानीय तहमा आजदेखि कोरोना विरुद्धको भेरोसिल लगाउन सुरु हुने छ ।


घोराहीमा भने भोली(विहीबार)देखि मात्रै खेप लगाउन सुरु हुनेछ । साउन ३ गतेदेखि ७ गतेसम्म पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरिएको हो ।

यस बर्ष दाङमा ४३ हजार ३७ जनालाई दोस्रो जोड खोप लगाउने तयारी छ । तुलसीपुरमा राप्ती २८ गते राप्ती प्रादेशिक अस्पताल र २९ गते मेट्रो अस्पतालमा खोप लगाईनेछ ।